चितवन विशेष

गोरखा चितवन पत्रकार समाज गठन, अध्यक्षमा नविनबाबु मरहट्टा

Banner

चितवन, असोज २६-

पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । समाजको अध्यक्षमा नविनबाबु मरहट्टा चयन भएका छन् ।

आज भरतपुरमा भएको समाजको प्रथम अधिवेशनले मरहट्टाको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा सनद अधिकारी, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सहसचिवमा रविलाल भट्टलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा सुनिल पराजुली, सरोज उपरकोटी, रवि रेग्मी, विशाल अम्गाई र निरुता बि.क रहेका छन । अग्रज पत्रकार कृष्णप्रसाद खनालको संयोजकत्व बनेको ३ सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

प्रथम अधिवेशन नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिलाई पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी र अग्रज पत्रकार तथा गोरखा चितवन समाजका उपाध्यक्ष शान्ता अधिकारीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>