कर्णाली

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ: उपप्रधानमन्त्री खड्का

Banner

असोज, सुर्खेत २६-

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ, उनले भने,’संविधानलाई भड्काउने कोसिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

काङ्ग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमन्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए । त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो ।

‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् । मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्, ‘उनले भने, ‘पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ । हामी सच्चिन आवश्यक छ ।’

त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए । कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर सङ्घको अधिवेशनबाट महत्त्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>