खेलकुद

विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा

Banner

काठमाडौं, असोज २४-

लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट  खेलका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।

नेपालले बिहीबार साँझ ५;३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।

नेपाली टोली

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर; सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर: सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

 

 

प्र

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>