अर्थ

एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौं, असोज १६-

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>