देश/प्रदेश

भ्रमणले नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौँ,असोज १३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्।

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको दाबी गरे।

‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँग छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>