देश/प्रदेश
आर्या फार्मास्युटिकल्स र एनपीएल बीच तीन वर्षीय सहकार्य

काठमाडौं, कार्तिक ११–
स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ ।
आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवद्र्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ । यस सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ । यी गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
यसै क्रममा आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ । यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग गर्ने विश्वास लिइएको छ ।
आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरेको यस सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पु¥याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
























