खेलकुद

कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाई दिदै ओलीले भनेः मन आनन्दित भएको छ

Banner

काठमाडौं, असोज १०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा टिकटकको भिडियो फेसबुकमा राख्दै ‍‍ओलीले लेखेका छन्, ‘बधाइ नेपाली टिम र खेलाडीलाई!’

ओलीले अन्तर्राष्ट्रिय मिडियामा समेत नेपाली टिमको प्रशंसा देखेर मन आनन्दित भएको बताएका छन्। ‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा नम्बर वान रहेको भारतका मिडियामा समेत नेपालको क्रिकेटको व्यापक चर्चा छ’, उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टीमको प्रशंसाले मन आनन्दित भएको छ।’

चीनमा जारी एसियाडअन्तर्गत बुधबार बिहान नेपालले मंगोलियाविरुद्ध जीत हात पार्ने क्रममा कीर्तिमान नैकीर्तिमान बनाएको थियो।

हेर्नुहोस् उनको फेसबुक स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>