राजनीति
कर्णालीमा एमाले अधिवेशन: आज तीन वटा प्रतिवेदनमाथि छलफल
०

सुर्खेत,असोज ११-
नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनअन्तर्गत बन्द सत्र केहीबेरमा सुरू हुँदैछ । बुधबारदेखि जारी अधिवेशनमा बिहीबार बिहान ८ बजेबाट नै बन्द सत्र सुरू हुने भनिए पनि विलम्व भएको हो ।
महासचिव शंकर पोखरेलले बन्दसत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव टेकराज पछाईले जानकारी दिए । बन्द सत्रमा राजनीति, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र सोमाथि छलफल हुनेछ । निर्वाचनको प्रक्रिया भने भोलि बिहानबाट सुरू हुने बताइएको छ ।
प्रदेशको नेतृत्वको लागि सकेसम्म सर्व सहमतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा निर्देशन दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























