देश/प्रदेश

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

Banner

काठमाडौँ, असोज ११-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन दोहा प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतारतर्फ लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

लिङ्देनको भ्रमण दलमा प्रवास विभाग प्रमुख तथा राप्रपा केन्द्रीय सदस्य आनन्द अधिकारी पनि सहभागी छन् ।

उनले कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । उनी असोज १३ स्वदेश फर्किनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>