काठमाडौँ

मलाई बालेन मन पर्छ, मलाई अभियन्ता ई:मन पर्छः राप्रपा अध्यक्ष थापा

Banner

काठमाडौं,असोज ९-

जबाफदेहिताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई:को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् । थापा राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ईस् भएको स्थानमा पुगेर सङ्गै उभिएका थिए । अहिले थापा सहितको टिम राष्ट्रिय सभागृह बाहिर छ ।

उनले, ‘मलाई बालेन मन पर्छ । मलाई ईस् मन पर्छ । ई: ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ ।’ भन्ने प्ले कार्ड छातीमा टाँसेका थिए ।

थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिव जनक फडेरा लगायत उपस्थित रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>