राजनीति

गगन थापाले भने ‘कोशीमा एमालेसहितको सरकार बनाउन उपयुक्त हुन्छ’

Banner

काठमाण्डौँ असोज ०८-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने बताए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने ।

आइतबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य भीम पराजुलीले पनि राप्रपसँग सहकार्य गरेर सरकार निर्माण गर्नुपर्ने मत राखेका थिए । कोशीमा कांग्रेस नेतृत्वमा रहेको सरकारलाई अदालतले हटाएपछि एमालेका मुख्यमन्त्री बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>