खेलकुद

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ को सेमीफाइनलमा प्रवेश

Banner

काठमाडौँ, असोज ८–

माल्दिभ्सलाई पराजित गर्दै घरेलु टोली नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज दशरथ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा माल्दिभ्समाथि ४–१ गोल अन्तरको सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक–एक गोल गरे ।

नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु–पासमा समीर तामाङले गोल गरेका थिए ।

३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०–१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो । ५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो ।

नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।

समूह ‘ए’ बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>