देश/प्रदेश

कोशीको सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्री विराटनगरमा

Banner

काठमाडौँ, असोज ८-

विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि कोशी प्रदेशको सुरक्षा संवेदनशीलता बढेको भन्दै विराटनगरमा सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजना बनाइने बताइएको छ ।

त्यस्तै बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत विराटनगर पुगेका हुन् । बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखसमेत सहभागी छन् भने नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत गएका कारण प्रमुख भने सहभागी छैनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>