खेलकुद

बालकुमारी अन्तरविद्यालय सेभेन ए साइड फुटबलको उपाधि डन एकेडेमीलाई

Banner

चितवन, असोज ७–

प्रथम बालकुमारी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि भरतपुरको डन एकेडेमी उचालेको छ ।

आज नारायणी नदी किनारमा भएको फाइनल प्रतिस्पर्धामा सनराइज इङलिस स्कूल भरतपुरलाई पराजित गर्दै डन एकेडेमीले उपाधि उचालेको हो ।

उपाधि विजेता डन एकेडेमी र उपविजेता सनराइनजलाई प्रमुख अतिथि भरतपुर–१ का वडा सदस्य मनोज घिमिरेले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा डन एकेडेमीका मनिष दुरा सर्वाधिक गोलकर्ता, सौगात तामाङ सर्वोत्कृष्ट गोलरक्षक, सम्पन्न रावत सर्वोत्कृष्ट फरवार्ड र संगम थापा प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । यस्तै सनराइज स्कुलका रिदम खनाल सर्वोकृष्ट डिफेन्डर र बालकुमारी ईं स्कुलका उत्सव गिरीले उदाउँदो खेलाडीको उपाधि हात पारे ।

बालकुमारी इङ्ग्लिस स्कुल, नारायणगढको आयोजनामा असोज ३ गतेदेखि ‘प्रथम बालकुमारी अन्तर विद्यालय यू–१२ ७ ‘ए’ साइड’ फुटबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा भरतपुर महानगरभित्रका २५ वटा विद्यालयको सहभागिता रहेको थियो । समापन कार्यक्रम बालकुमारी इङ्लिस स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभात कुमार जोशीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>