राजनीति
हाम्रा मन्त्री साथीले राम्रो काम गरे भनेर मैले कहिलै भाषण गर्न पाइनँ: प्रदीप पौडेल

काठमाडौं, असोज ७-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नु मात्र उपलब्धि मान्न नहुने बताएका छन्। सानेपामा आइतबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै सरकारमा बस्नु मात्र उपलब्धि मान्न नहुने बताएका हुन् ।
उनले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए।
‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ सभापति देउवालाई आग्रह गर्दै पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो-यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन।’
कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रा कुनै पनि साथी (मन्त्री)ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नु मात्र उपलब्धि होइन।’



























