क्रिकेट
नयाँ नेतृत्व चयनका लागि क्यानको चुनावी साधारण सभा आज
०

काठमाडौं,असोज ५-
नेपाल क्रिकेट संघ(क्यानको निर्वाचन साधारण सभा आज (शुक्रवार) सुरु हुँदै छ। बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ। क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।
वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना बलियो रहेको छ । उनलाई पारस खड्काले समर्थन गरेको बुझिएको छ। सचिवमा चन्दले खड्कालाई साथ दिएका छन्। जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य बनेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>