राजनीति
शिक्षक आन्दोलनबारे कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल
०

काठमाडौं, असोज ४-
शिक्षक आन्दोलनको विषयबारे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएको छ। सानेपामा आज बसेको बैठकमा आन्दोलनको विषयमा छलफल भएको हो ।
बैठकमा उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँग सरकारले वार्ता थालेको जानकारी गराएका छन्।
‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ,’ खड्काले भने, ‘शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या समाधान गर्छौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>