राजनीति

बीपीलाई सम्झिँदै शेखर, शशांक र सुजाताले भनेः हामी एकठाउँ हुन्छौँँ

Banner

काठमाडौँ आश्विन ३ –

पार्टीको इतिहासमा गर्विलो रेकर्ड बनाएका कोइराला परिवार एकैठाउँमा आउने बताएका छन् । पछिल्लो १४ औँ महाधिवेशनमा भने पारिवारिक एकता नभएकै कारण नेतृत्वमा आउन नसकेका उनीहरुले यस्तो बताएका हुन् । महाधिवेशनका बेला तितरबितर भएका कोइराला परिवारका नेताहरू बुधबार भने एकै मञ्चमा देखिए, र अब कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको स्वीकारे ।

उनीहरूले विगतमा एकताबद्ध हुन नसक्दाको क्षतिको महसुस भएको अनुभूतिसमेत भएको सुनाए । सानेपास्थित कांग्रेस मुख्यालयमा आयोजित बीपी साहित्य महोत्सवको अन्तिम सत्रमा बीपीका आफ्नै छोरा एवम् पूर्वमहामन्त्री शशांक कोइराला, भतिजा शेखर कोइराला र भतिजी सुजाता कोइरालाले परिवारले जानेबुझेका बीपी, उनका आनीबानी र योगदान स्मरण गरे ।

कोइरालात्रयले आगामी महाधिवेशनमा एकताबद्ध भएर उभिने संकेतसमेत गरेका छन् । त्यसो त यसअघि कोइरालात्रयबीच एकअर्कामा सहयोग नपाउँदा नेतृत्वमा आउन नसकेको भन्दै आरोप प्रत्यारोपसमेत हुँदै आएको छ ।

१४ औँ महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका शेखर कोइरालाले त सार्वजनिक रूपमै परिवारको साथ नपाएका कारण आफू नेतृत्वमा आउन नसकेको बताएका थिए । बुधबार पनि उनले १४ औँ महाधिवेशनमा परिवारको साथ नपाएको गुनासो गरे । ुमैले परिवारको साथ पाउन सकिनँ । यदि अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम आउने थिएन,ु उनले भने ।

बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै नेता कोइरालाले आफूहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुःख पाइरहने दाबी गरे। उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ,ु शेखरले अनुभूति सुनाए ।
उनकै शैलीमा अर्का नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पनि अब कांग्रेसको भविष्यकै लागि पनि कोइराला परिवार एक हुनुको विकल्प नभएको बताए ।

तर उनले पनि नेतृत्वका लागि आफ्नो दाबी भने अघि सारे । १४ औँ महाधिवेशनमा आफू पनि सभापतिको आकांक्षी रहेको बताएका उनले भने आगामी महाधिवेशनमा समेत आफ्नो दाबी हुने उद्घोष गरे । ‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो पनि यो पदमा आउँछ र बस्छ,ु बीपीलाई स्मरण गर्दै उनले अघि भने, ुबीपी सफल हुनुका कारण जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहुन्थ्यो। बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमि बाटो थियो, अहिले १ लाख किलो मिटर भयो। हात(हातमा मोबाइल आयो, यो गिरिजाप्रसाद कोइरालाकै देन हो।’

अरु बेला कमै बोल्ने शशांक बुधबार आफ्नो र पारिवारिक राजनीतिका विषयमा निकै खुलेर बोले । उनले अहिले आफू निर्वाचित भइरहेको क्षेत्रबाट निरन्तर चार पटक चुनाव जितेको र कुनै चमत्कार गर्न नसकेको स्वीकारसमेत गरे । नवलपरासीबाट चुनाव जित्दै आएका उनले भने, ुमैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन। तर जितेँ। महिलाहरूलाई मैले प्राथमिकता दिन्छु। महिलाकै कारण जितेँ । म कसैलाई चिन्दिनँ थिएँ, मलाई त ठाउँको नाउँ पनि थाहा थिएन ।’

पूर्वमहामन्त्री कोइरालाले कांग्रेसको पुनर्जीवनका लागि समेत कोइराला परिवार एकताबद्ध हुनुपर्ने बताए । बीपीले भन्ने गरेको स्मरण गर्दै उनले भने, ुबीपी भन्नुहुन्थ्यो, आफ्नो परिवार नै मिलाउन नसक्नेले यत्रो पार्टी र देश कसरी मिलाउन सक्छरु अहिले हामीहरूबीच यस्तै समस्या छ ।ु

अर्का नेता सुजाता कोइरालाले पनि कांग्रेसमा फेरि कोइराला परिवारको एकताबद्ध नेतृत्वको खोजी भइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>