राजनीति

भारत गए प्रकाशमान सिंह

Banner

काठमाडौं, असोज ३-

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भारत गएका छन्। प्रकाशमान र पत्नी सिर्जना बुधबार भारत गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११स्५५ बजे उनीहरू भारत प्रस्थान गरेका हुन्।

सिंहको सचिवालयले दिएको जानकारीअनुसार भारतको राजस्थानस्थित माउन्ट आबुमा हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सम्मेलनमा प्रकाशमान र सिर्जनाले भाग लिने कार्यक्रम छ।

उनीहरू पाँच दिन राजस्थानमा रहनेछन्। भारतमा रहँदा सिंहले राजनीतिक भेटघाट गर्ने सम्भावना पनि छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>