राजनीति
बालेनले सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४-५ लाखले लाइक गर्ने समाज कतातिर जाँदै छ: सांसद केसी
०

काठमाडौँ, भदौ ३१-
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाजमा अराजकता बढेको टिप्पणी गरेका छन्। त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्ति हाबी हुँदै जाँदा सिंहदरबारमा आगो लगाउँछु भन्नेहरूलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको बताए।
उनले काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै भने, ‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४-५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदै छौँ। यो अराजकतातिर त जान लागेका हैनौँ। हामी कता जाँदैछौं।
अहिले राजनीतिक दलहरूप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्था छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























