राजनीति

विदेशिएका नेपाली युवाको भविष्य नसोची देशको परिवर्तन सम्भव छैन: प्रधानमन्त्री

Banner

काठमाडौं, भदौ ३०-

प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको बताए।

उनले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए। उनले विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको जिकिर गरे।

उनले भने, ‘दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई भोलिका उत्तराधिकार मात्र होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको छ। हामीले एकातिर युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी छ। विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताए। उनले न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>