राजनीति
‘ओली बा’को मुख हेरिन् विश्वप्रकाशकी छोरी स्वीकृतिले

काठमाडौँ,भदौ ३०-
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ९शनिबार० ‘बासँग विद्यार्थी’ कार्यक्रममा सहभागी हुने भएका छन्। कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बेङ्क्वेटमा बिहान ११ः४५ बजे हुने अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।
कार्यक्रममा मध्यस्थकर्ता ९मोडरेटर० स्वीकृति शर्माले गर्नेछिन्। उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी हुन्।
यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन गर्ने भनिएको ‘बासँग विद्यार्थी’ कार्यक्रम संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण रोकिएको थियो। हृदयाघातका कारण गत मंगलबार बितेका नेम्वाङको त्यही दिन ९भदौ २८० अन्त्येष्टि गरिएको थियो।
बुवाको मुख हेर्ने दिन ‘बा’ (ओली) सँग भेट गर्न नपाएकी आयोजकमध्येकी एक स्वीकृति शर्माले शुक्रबार ओली निवास (बालकोट) पुगेर ‘केपी बा’को मुख हेरेकी छन्। भिडियो हेर्नुहोस्ः



























