राजनीति

मन्त्रिपरिषद्‍ले स्वीकृत ग¥यो प्रधानमन्त्रीको चीन भ्रमण

Banner

काठमाडौं,भदौ २९-
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ ।

चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।

उक्त भेटघाटपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोक गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>