राजनीति

सरकारको पुरस्कार खेलाडीले नपाएको कुराले गम्भीर बनायो: प्रधानमन्त्री

Banner

काठमाडौँ, भदौ २८

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार छिट्टै दिने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एसियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार छिट्टै दिने बताएका हुन्।

उनले घोषणा गरेको पुरस्कार अहिलेसम्म खेलाडीले नपाएको भन्ने समाचारहरुले आफूलाई गम्भीर बनाएको पनि बताएका छन्। उनले भने ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ। तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहन समेत म तपाईहरूमा आग्रह गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>