राजनीति
सुवास नेम्वाङको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित
०

काठमाडौं,भदौ २८-
प्रतिनिधिसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए ।
बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासहित एक मिनेट मौनधारण समेत गरिएको छ । नेता नेम्वाङगको गत मंगलबार राती निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























