देश/प्रदेश
पहिचान पत्र नभएर प्रहरीले घर पठाएपछि एक युवक महाकालीमा हाम फाले
०

दार्चुला, भदौ २८-
नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन् ।
दार्चुला सदरमुकामस्थित खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका पुरुषसँग भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेको थियो । तर, साथमा कुनै किसिमको पहिचान पत्र नभएको भन्दै प्रहरीले नेपाल फर्काएपछि उक्त पुरुषले बीच पुलबाटै महाकाली नदीमा हाम फालेका हुन् ।
एसएसबीले फर्काएको विषयमा कुनै जानकारी नआएको तर हामफालेको घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
‘एसएसबीले फर्काएको विषय प्रहरीको जानकारीमा छैन, उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























