रोचक

अल्छीका लागि सुत्ने प्रतियोगिता, २० दिनसम्म सुत्ने अल्छीलाई डेढ लाख पुरस्कार

Banner

चितवन, भदौं २६-

यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् ।

तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ ।

उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् ।

एक हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् । ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि अझै बढीभन्दा बढी समयसम्म सबैभन्दा अल्छी बनेर यसैगरी पल्टिरहन चाहन्छन् र पुरस्कार जित्न चाहन्छन् ।

एकजना प्रतियोगी २३ वर्षीय फिलिप कनेजेविक यो पाला आफूले प्रतियोगिता जित्ने दाबी गर्दछन् ।

उनी भन्छन्, ‘हामीसँग आफूलाई चाहिने सबै कुरा यहाँ छन् । उपस्थित मानिसहको साथ गज्जबको छ, त्यसैले समय तीव्र गतिमा बितिरहेको छ । यो अल्छी प्रतियोगितामा उठ्न पाइँदैन र हरेक ८ घण्टामा १० मिनेटको बाथरुम छुट्टी पाइन्छ ।

प्रतिस्पर्धीहरुले खाने, पिउने, पढ्ने तथा फोन र ल्यापटप प्रयोग गर्न पनि पाउँछन् । तर उनीहरुले यी सबै काम सुतेरै गर्नु पर्दछ । प्रतियोगिताका आयोजक तथा रिसोर्ट मालिक रेडोन्जा ब्लागोजेविकका अनुसार मोन्टेनेग्रोका मानिसहरु अल्छी हुन्छन् भन्ने आम धारणालाई चिर्नका लागि १२ वर्षअघिबाट उक्त प्रतियोगिता गर्न सुरु गरिएको हो ।

यो पटकको प्रतियोगितामा सुरुमा २१ जना प्रतिस्पर्धी रहेकोमा सात जनामात्र बाँकी छन् । उनीहरु ४६३ घण्टादेखि पल्टिरहेको आयोजक बताउँछन् ।

(समाचार एजेन्सीमा आधारित)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>