राजनीति
असोज २९ भित्र सबै ठाउँमा अधिवेशन गर्न कांग्रेसको निर्देशन
०

काठमाडौं, भदौ २५-
नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























