चितवन विशेष

८ लाख ग्राहक नाघेकोमा वल्र्डलिंक चितवनको खुशीयाली साटासाट

Banner

चितवन, भदौँ २४–

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका ग्राहक आठ लाख नाघेकोमा चितवन शाखाले खुशीयाली मनाएको छ ।

२८ वर्षअघि स्थापना भएको वल्डलिङ्कले हालै ग्राहक सङ्ख्यामा यो आँकडा पार गरेको हो । सोही अवसरमा वल्र्डलिंक चितवन शाखाले आज कार्यालयमा केक काटेर खुशीयाली मनाएको हो । चितवन शाखा प्रमुख नारायण कुमार घर्तीले ८ लाख ग्राहक नाघेकाले कर्मचारीहरुबीच केक काटेर खुशीयाली साटासाट गरिएको बताए । उनले यसै अवसरमा आउँदो शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिए ।

आठ लाख घरधुरीमा इन्टरनेट पुगेको अवसरमा कम्पनीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सम्पूर्ण ग्राहक, कर्मचारी र शुभचिन्तकप्रति आभार प्रकट गरेको छ ।
सबैलाई जहाँ पनि सधैं जोड्ने’ लक्ष्य सहति डिजिटल नेपालको भविष्य सुनौलो बनाउन निरन्तर लागि परेको वर्ल्डलिङ्कको भनाइ छ । वल्र्डलिंक चितवन युनिट इन्चार्ज पुष्प सागर बराकोटीले सबैको साथ र सहयोगबाट वल्र्डलिंकले उत्सब मनाउन सफल भएकोमा सबैलाई धन्यवाद दिए । उनले चितवनमा वल्र्डलिंकले अझै राम्रो सेवा दिन प्रयासरत रहेको बताए ।

कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ । अब बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा पनि चाँडै इन्टरनेट सेवा पुर्‍याउने योजना ल्याएको छ ।

हाल कम्पनीले २००, २५०, ३०० एमबीपीएस लगायतका अन्य गतिका इन्टरनेट सेवा दिइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>