देश/प्रदेश

मेयर साम्पाङसँग सवाल-जवाफ गर्दा हिरासतमा पुगेका युवकलाई वडाध्यक्षले छुटाए

Banner

धरान,भदौ २४-

आफूसँग मुखमुखै लागेको भनेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरीको हिरासतमा पुर्‍याएका स्थानीय युवक अशोक लिम्बु शनिबार साँझ रिहा भएका छन्। गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर साम्पाङलाई वडावासी अशोकले आफ्नो वडाका नागरिकका वास्तविक समस्यामा चाहिँ ध्यान नदिएको अन्य विषयमा अभियान सञ्चालन गरेर फोटो मात्रै खिचाएको भनी आलोचना गरेपछि उनलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो।

शुक्रबारदेखि धरान इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अशोकलाई धरान उपमहानगर वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारामको पहलमा छुटाइएको हो। ‘मैले जिम्मेवारी लिएर शनिबार साँझ ५ बजे उहाँलाई छुटाइयो’, वडाध्यक्ष इवारामले आइतबार बिहान भने, ‘आवश्यक परेका बेला पुनः उपस्थित गराउने सर्तमा उहाँलाई रिहा गराइएको हो।’ मेयर साम्पाङसँग सवालजवाफ गरेको बाहेक अशोकविरुद्ध कुनै लिखित उजुरी नपरेको उनले बताए। मेयर साम्पाङको व्यवहारप्रति वडाध्यक्ष इवारामले असन्तुष्टि व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>