खेलकुद

नेयमारले तोडेको पेलेको कीर्तिमान

Banner

बेलेम,भदौ २३-

नेयरमारले पेलेलाई उछिन्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्वकप छनोट अन्तरगत बोलिभियाविरुद्ध ५–१ को जीत हासिल गर्ने क्रममा दुई गोल गर्ने नेयमारले यो कीर्तिमान बनाएका हुन् ।

अल–हिलालका फरवार्डले १२४ खेलमा ७९ गोल गरेका छन् । पेलेले सन् १९५७ देखि १९७१ को बीचमा ७७ गोल गरेका थिए । देशका लागि फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने महिला फुटबल टोलीकी मार्टाको नाममा छ । उनले १७१ खेलमा ११५ गोल गरेकी छन् ।

खेलको २४ औँ मा रियल मड्रिडका फरवार्ड रोड्रिगोले ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै राफिनाले टोलीको अग्रता दोब्बर बनाए ।

५३ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थपे । लगत्तै नेयमारले खेलमा आफ्नो पहिलो गोल गरे । ७८ औँ मिनेटमा भिक्टर अब्रेगोले बोलिभियाका लागि एक गोल फर्काएका थिए । तर खेलको इन्जुरी समयमा नेयमारले दोस्रो गोल गर्दै ब्राजिललाई शानदार जीत दिलाए ।

पेलेको गत डिसेम्बर २९ मा ८२ को वर्षको उमेरमा निधन भइसकेको छ । पेले फाउन्डेसनले उनको कीर्तिमान भंग गरेकोमा नेयमारलाई बधाई दिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>