देश/प्रदेश

३ यात्रु ल्यार भुटानबाट पोखरा आएको ड्रुक एअरको जहाज ४२ यात्रु लिएर फर्कियो

०
Banner

पोखरा, भदौ २३-

भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो ।

सोही जहाज पोखरा विमानस्थलबाट ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।

सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>