देश/प्रदेश

जानकी मन्दिरका पुजारीमाथि धारिलो हतियार प्रहार

Banner

जनकपुरधाम, भदौ २२-

रौतहटमा पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ ।

स्थानीय उमेश साहका अनुसार बिहिवार राति अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>