देश/प्रदेश

जर्मनीमा तीन हजार कामदारको आवश्यकता भन्दै श्रम मन्त्रालय र विभागको नाममा झुटो विज्ञापन

Banner

काठमाडौँ, भदौ २२-

जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता भन्दै झुटो विज्ञापन गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यक भएको भन्दै झुटो विज्ञापन गरेको पाइएको हो ।

श्रमिक ठग्ने नियतिले गरिएको यो विज्ञापनको प्रथम पटक प्रकाशित मिति यही भदौ १९ गते उल्लेख छ भने नेपाल र जर्मनबीच भएको श्रम सम्झौता अनुसार कामदार माग गरिएको उल्लेख छ ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीका अनुसार अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मन सरकारबीच भएको सम्झौता अनुसार कामदारको माग भएको भन्दै सरकारले आह्वान गर्ने विज्ञापनै स्वरूपमा झुटो कामको विज्ञान गरेको पाइएको जानकारी दिए ।

‘श्रम मन्त्रालय र विभागको आधिकारिक विज्ञापन नै हो जस्तो बनाएर सामाजिक सञ्जालमार्फत यसरी जर्मनीमा सहायक कामदारको विज्ञान गरेको पाइयो’ निर्देशक तथा सूचना अधिकारी उप्रेतीले भन्नुभयो ‘विज्ञापनमा विभागको सिस्टममार्फत नै आवेदन दिन सकिने समेत भनिएको पाइएको छ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>