देश/प्रदेश

मोबाइल लोकेसन ब्यारेकबाट एक घन्टाको दुरीमा देखाएपनि भेटिएन्न १२ दिनदेखि हराएका डोल्पाका गुल्मपति

Banner

डोल्पा, भदौ २२

डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। १२ दिनदेखि बेपत्ता रहेका दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

गुल्मपति पण्डित भदौ १० गते अपराह्न ४ः५५ बजे साथीसँगै घुम्न निस्किएका थिए। साथीलाई बाटैबाट फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोट देखाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>