राजनीति

एकीकृत समाजवादीले असोज दोस्रो साता १५ दिने मेची–महाकाली अभियान चलाउने

Banner

काठमाडौँ,भदौ १९- 

नेकपा एकीकृत समाजवादीले आगामी असोज दोस्रो साता १५ दिने मेची(महाकाली अभियान चलाउने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले आगामी असोज १४ देखि २९ गतेसम्म संगठन सुदृढिकरणको लागि मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरको

बैठकले अभियानको कार्यतालिकासहित अनुमोदन गरेको छ। मेची महाकाली अभियानमार्फत् पार्टीले मुलुक रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजान चाहेको एक नेताले जानकारी दिए।

१४ असोजमा मेचीबाट सुरु हुने अभियान २९ गते महाकालीमा पुगेर समापन हुनेछ। अभियानमा सचिवालय तहका सबैजसो नेतासँगै केन्द्रीय समिति, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ता सहभागी हुनेछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>