राजनीति

नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकबाट काफ्लेले दिए राजीनामा

Banner

काठमाडौं, भदौ १९-

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन्। काफ्लेले आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी संसदीय दलका नेता बहादुरसिंह लामालाई दिएको बताएका छन्। ​

काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>