देश/प्रदेश

नेपाल-भारत बीचको म्याच हेर्न आज जनकपुरका विद्यालय बन्द हुने

Banner

जनकपुरधाम,भदौ १८-

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न आज २ बजेपछि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गरी सोमबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी हुन् ।

सूचनामा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतबीच हुने खेलले गौरब महसुस भएकोले टिमको हौसला बढाउनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।

औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि योपटक नेपाललाई भारतसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी– २० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो । टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गरेको छ । केही दिनअघि पाकिस्तानसँगको म्याचमा पनि उपमहानगरपालिका विद्यालयहरुमा विदा दिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>