देश/प्रदेश

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

Banner

काठमाडौँ, भदौ १७-

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लाग्दा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा उनी गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार उनको मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>