अन्तर्राष्ट्रिय
भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु
०

भदौ १७-
भारतको उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।
राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ।
गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























