देश/प्रदेश

दृष्टिविहीन बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ

Banner

दाङ, भदौ १७-

दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ परेका छन्। राप्ती गाउँपालिका – २ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गढवा गाउँपालिका-१ झरौनीका ४५ बर्षीय रामबहादुर खनालविरूद्ध बालिका बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि आज बिहान ८ बजे विद्यालयबाटै नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय ‍भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार गत भदौ ४ गते दिउँसो कोही नभएको मौका छोपेर खाना पकाउने कोठामा खनालले बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>