राजनीति

साम्पाङको प्रश्नः आफैले चढ्ने गाडी एम्बुलेन्स बनाउने म जस्तो व्यक्तिको आलोचना गर्नु कति न्यायोचित होला ?

Banner

धरान, भदौ १७-

धरान उपमहानगरका मेयर हर्क साम्पाङले नगरपालिकाले दिएको गाडीलाई एम्बुलेन्स बनाएको बताएका छन् । पछिल्लो समय डेंगु फैलिएकोले गाडीलाई बिरामी ओसारपसार गर्ने एम्बुलेन्स बनाएको उनले बताएका हुन् ।

साम्पाङ भन्छन्, ‘म यत्रो ठुलो उपमहानगरको मेयर । म बाइकमा हिँड्छु । मेरो हेलमेट नै यहीँ छ (हेलमेट देखाउँदै) । मेरा लागि हिँड्ने गाडी त डेंगुको एम्बुलेन्स बनाएको छु । कोही बिरामी पर्यो भने त्यो गाडीले अस्पताल पुर्याउँछ र घर ल्याउँछ । अनि यसरी हिँड्ने मान्छेको आलोचना गर्नु कति न्यायोचित होला ? कतिले भन्छ, यो मेयर भएन । अनि मेयर चाहिँ कस्तो खालको चाहिएको हो त ?’

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>