देश/प्रदेश

बर्दिया कारागारबाट कैदी फरार

Banner
बर्दिया, भदौ १७ –
बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट  हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।
विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>