देश/प्रदेश
आफैँले आफ्नो घाँटीमा खुकुरी प्रहार गरेपछि…
०

सिन्धुली, भदौ १७-
सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन् ।
दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
काका नाता पर्ने होमबहादुर बलम्पाकी मगरको घरभित्र कोही नभएको अवस्थामा पसेर खुकुरीले आफ्नै घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























