राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयताको पक्षमा छः सभापति लामिछाने

Banner

सप्तरी, भदौ १६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उहाँले बताउनुभयो ।सभापति लामिछानेले भन्नुभयो, “हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।”

आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताउनुभयो । सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>