राजनीति

मेयर बालेन आक्रोशितः भने-महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु

Banner

काठमाडौं,भदौ १६-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । शनिबार राति उनले सामाजिक सञ्जालमा सरकारप्रति रोष प्रकट गरेका हुन् । उनले संघ सरकारलाई चेतावनी दिएका छन् । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् ।

संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् । “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>