राजनीति

एमाले नेता हावा खाइरहेका छन्ः माधव नेपाल

Banner

काठमाडौं,भदौ १६-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेका र हावा खाइरहेका उनको भनाइ छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको जिकिर गरे । अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए । पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे ।

“कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,” अध्यक्ष नेपालले भने, “तपाईंहरू देखिरहनुभएको छ, सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । संगठन निर्माणको अभियानमा जुटेको छ । र, अरूलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै, सारा देशमा समाजवादको झन्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अरूले कल्पना नगरेका कुराहरू, परिकल्पना नगरेका कुराहरू, पार लाग्दैन भन्नेहरू, ती सबैका कुरालाई चुनौती दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौँ ।” पार्टीलाई जनताका बीचमा लैजाने गरी गतिविधिलाई अघि बढाउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>