देश/प्रदेश

बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, भदौ १६-

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले आज चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै नेपालमा बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

मौसमविद् रोजन लामिछानेका अनुसार जलवाष्पयुक्त वायुका कारण आज दिउँसो र राति केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

रातिपनि देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>