राजनीति

एमसिसी सैनिक सुरक्षा विषयसँग जोडिनुहुँदैन, हामीले विशुद्ध आार्थिक सहयोगका रूपमा लिएका छौंः नेपाल

Banner

काठमाडौं, भदौ १४-

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताएका छन्।बिहीबार समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेता नेपालले एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन नहुने बताए।

‘हामीले एमसिसी पास गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणा अघि सारेका छौं। यसलाई अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्छ।’ नेपालले भने,‘एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिनुहुँदैन। हामीले विशुद्ध आार्थिक सहयोग सम्झौताको रुपमा लिएका छौं।’

उनले नेपालमा कलकारखाना तथा उद्योग खोल्न विदेशी पूँजी आउँछ भने पनि स्वागत गर्न तयार रहेको बताए। ‘तर त्यसका लागि अनुचित शर्त र सम्झौता स्वीकार्य छैन।’ नेपालले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>