Breaking News

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अब धान नकाट्न विभागको आग्रह

०
Banner

काठमाडौं, कात्तिक १२ –

देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनु भयो । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाई छ ।

भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उहाँले बताउनु भयो । उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । बिहीवार बेलुकादेखि शनिवारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष शतर्कता अपनाउनुपर्ने उहाँले बताउनु भयो । यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>